प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

Newslaya Home

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

बुधबार ०१, जेठ २०७६

काठमाण्डौ । भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बुधबार स्वदेश फर्कंदै छन् ।

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको टोली बुधबार कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम भ्रमण गरेका थिए । उनी वैशाख ३० देखि कम्बोडियाको औपचारिक भ्रमणमा छन् ।