कामिरिताले बनाए नयाँ रेकर्ड, २३ औं पटक सगरमाथा शिखरमा

Newslaya Home

कामिरिताले बनाए नयाँ रेकर्ड, २३ औं पटक सगरमाथा शिखरमा

बुधबार ०१, जेठ २०७६

काठमाडौ‌ं । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय शेर्पाले आफ्नै नाममा रहेको सर्वाधिक २२ औं पटकको विश्वकिर्तिमानलाई तोडेका हुन् । कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभाग ले जनाएको छ ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।