मेयर चढ्ने सवा करोड रुपैयाको गाडीमा लाग्यो आगो

Newslaya Home

मेयर चढ्ने सवा करोड रुपैयाको गाडीमा लाग्यो आगो

बुधबार ०१, जेठ २०७६

डडेलधुरा । अछामको मंगलसेन नगरपालिकाका मेयर चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिप ध्वस्त भएको छ । बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए ।

राती करिब २:०० बजेको समयमा एक्कासी एउटा ठुलो आवाज आयो र कार्यालयमा आगलागी भएको स्थानिय बासीले बताएका छन् ।

नगरपालिका भित्रै राखिएको उक्त जीपमा कसले आगो लगायो भन्ने खुलेको छैन । १ बर्ष अगाडि १ करोड २० लाख रुपैया खर्च गरेर किनिएको उक्त गाडीमा आगो लगाउनेको खोजी भइरहेको छ ।