यौन व्यवशायलाई वैधानिक बनाउन सावित्रीको माग, भन्छिन्, ‘देशको अर्थतन्त्र बलियो हुन्छ र बलात्कार घट्छ’

Newslaya Home

यौन व्यवशायलाई वैधानिक बनाउन सावित्रीको माग, भन्छिन्, ‘देशको अर्थतन्त्र बलियो हुन्छ र बलात्कार घट्छ’

स्टाटसमा आलोचना र गालीको ओइरो
बुधबार ०१, जेठ २०७६

इटहरी । महिला अधिकारका क्षेत्रमा आवाज उठाइरहेकी साबित्रा सुवेदी पछिल्लो समय यौन व्यवसायलाई वैधानिक बनाउनुपर्ने माग राखिरहेकी छिन् ।

उनले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत् यौन व्यवशायलाई वैधानिक बनाउन माग गरेकी हुन् । उनका पछिल्ला केही स्टाटसहरुमार्फत् यौन व्यवशायलाई वैधानिक बनाएमा बलात्कार घट्ने र देशको अर्थतन्त्र बलियो हुने विचार राखेकी छिन् ।

उनले बुधबार बिहान एक घण्टाभित्र अपडेट गरेका दुई वटा स्टाटसमा दर्जनौं कमेन्ट आएका छन् । कमेन्ट गर्ने धेरैले उनको विचारसँग असहमती जनाएका छन् । महिला हिंसाविरुद्ध आवाज उठाउने साबित्रीले महिलालाई वेश्या बनाउनुपर्छ भन्ने विचार राखेपछि धेरैले आश्चर्य मानेका छन् । साबित्रीले लेखेका केही स्टाटसहरु हेरौं :

नेपालमा रेड लाइट एरिया घोषणा गरिदिए अहिलेको बलात्कारको घटनाहरू कम हुन्थे कि ???

हाम्रो समाजमा छोरीभन्दा छोरा पाउदा खुशी छाउछ कारण बुढेशकालमा पाल्छ,पिण्ड दान गर्छ आदि आदि
तर ठीक उल्टो,
वादी समुदायमा छोरो जन्मँदा दुःखी र छोरी जन्मँदा खुशी हुने संस्कार हुन्छ
छोरी ठूली भएपछि यौन व्यवसाय गरेर आमाबाबुलाई पाल्ने भएकै कारण छोरीको विशेष महत्व हुन्छ

यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ।
होटलहरुमा छापा मारेर घुस लिइ प्रहरीले आफ्नो पेट भरिरहेको तथ्य सबैलाई थाहा नै छ।
यो व्यवसायलाइ वैधानिक गरेर सरकारले कर असुली गर्नसके अर्थतन्त्र बलियो हुने थियो ।

उनको स्टाटसमा आएका धेरैजसो कमेन्ट उनको विचारसँग असहमत भएर लेखिएका छन् । कतिले त उनलाई गालीसमेत गरेका छन् । विगतमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै, महिला अधिकारका लागि पेटीकोट लगाएर सिंहदरबार अघि प्रदर्शन गरेकी सावित्राको एउटा स्टाटसमा नवीन उत्सवले लेखेका छन्,

‘अवैधानिक धन्दा' चलाको भन्दै हिजो बेलुका प्रहरी ले समायो क्याहो दिदी पेटिकोट सहित ? एक्दुमसंगले रोईलो छ त एकाब्यांनै 😉
जय पुरुष ✔️

महिला अधिकारका पक्षमा वकालत गर्ने सुवेदीले यस्तो लेखेपछि गणेश पुरीले सुवेदीको एकाउन्ट ह्याक भएको शंका गरे । लेखे,

‘मलाई त यो उहाँको आफ्नै फेसबुक एकाउन्ट हो कि प्यारोडी हो ? ठमाउन गाह्रो भयो त जुन कुरामा शसक्त घृणा गर्ने मान्छे उग्ररुप मा माग राख्छिन लौ छानबीन गर्ने बेला भयो ।

उनको पोष्टमा उसा निरौला अन्जलीले लेखेकी छिन्, ‘ए दिदी, अलि फराकिलो गरेर सोच्नु न। जिन्दगी र जीवनमा बा आमा पाल्न र प्रगती गर्न यौन धन्दा गर्नैपर्छ र ? इन्डियामा रेडलाइट एरिया भएर पनि दिनहु बलात्कार बढिरहेकाछन् । मुख्य कुरो बेरोजगारी र नैतिक शिक्षा हो। यी दुई औजारले केही हदसम्म बलात्कार रोक्न सकिन्छ। कारबाही र चुस्त दुरुस्त नियम कानुन अर्को पाटो भए, दिदी प्लिज, छोरी मान्छेको जिन्दगीलाई यति साँघुरो विचारमा अटाउनु हुन्न। केहि फरक र प्रभावकारी उपाय सोच्नु सट्टा यौन धन्दा गराएर बा आमाले खुसी बटुल्छन भन्ने कुरा नगर्नु न ।’

जवाफमा सुवेदीले लेखेकी छिन्, ‘यथार्थ यही हो पचाउन अल्लि गाह्रो हुन्छ, हामी हल्का यथार्थवादी जो छौ ।’

कमेन्टमा आएजस्तो यो आइडी फेक आइडी भने होइन ।