उदयपुर सिमेन्टको जग्गा कब्जा गर्नखोज्नेलाई प्रहरीले भगायो

Newslaya Home

उदयपुर सिमेन्टको जग्गा कब्जा गर्नखोज्नेलाई प्रहरीले भगायो

बुधबार ०१, जेठ २०७६

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खाली जग्गा कब्जा गर्न खोज्ने भूमाफिया खेदाइएका छन् ।

प्रहरीले सर्वसाधरण प्रयोग गरी बनाएका घरटहरा भत्काएर अतिक्रमण गर्न खोज्नेलाई खेदेको छ ।

त्रियुगा नगरपालिका ६ स्थित सगरमाथा लोकमार्गअन्तर्गत जलजले आसपासमा रहेको जग्गा अतिक्रमण गरी बनाइएको घरटहरा प्रहरीले भत्काएको हो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार अतिक्रमणको सुचना आएलगत्तै प्रहरी परिचालन गरि टहरा भत्काइएको हो ।

करिव ३ देखि ४ विगाहामा सर्वसाधरणले किला गाडेर भाग लगाएका थिए । उनीहरूले बाँसको घेराबेरा गरी घरटहरा बनाएका थिए । तर कसले बस्न लगाएको हो, त्यो भने खुलिसकेको छैन ।

केही समयअघि पनि सप्तरीमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जग्गामा मंगोल अर्गनाइजेशनले बस्ती बसाउन खोजेको थियो । किलो गाड्न सुनसरी, मोरंग, धनकुटा लगायतबाट पुगेका सर्वसाधारणलाई प्रहरीले लाठीचार्ज गरेर खेदाएको थियो ।