बलिउड नायिका भन्छन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्र हो, आवश्यक छैन’

Newslaya Home

बलिउड नायिका भन्छन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्र हो, आवश्यक छैन’

बुधबार ०१, जेठ २०७६

मुम्बई । कुनै बेला सन्तान जन्माउन बिहे जरुरी ठान्ने सामाजिक मान्यता बिस्तारै भत्कँदै छ । बेलाबेला बलिउडमा नायिकाहरू बिहे अगाडि नै आमा बन्न लागेको खबर बाहिरिने गर्छ ।

केही समयअघि बलिउड नायिका एमी ज्याकसनले बिहे नगरी आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन् । मोडल तथा नायिका बु्रना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ । बु्रनाले गत जुलाईमा बेलायती पे्रमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन् ।

उनले आफू प्रेमीसँग निकै खुसी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन् । पाँच महिनाकी गर्भवती रहेकी उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन ।