सोचेजति उठाउन सकेन इटहरीले राजस्व, ३२ करोडको लक्ष्यमा १२ करोड आय

Newslaya Home

सोचेजति उठाउन सकेन इटहरीले राजस्व, ३२ करोडको लक्ष्यमा १२ करोड आय

बुधबार ०१, जेठ २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७५/२०७६ मा ३२ करोड १६ लाख रुपैया राजश्व उठाउने लक्ष्य लिएको थियो । तर अहिलेसम्म १३ करोड रुपैया हाराहारीमात्र संकलन गर्न सकेको छ ।

प्रभावकारी योजना बनाउन नसक्दा इटहरीले अपेक्षित प्रगती हाँसिल गर्न नसकेको हो ।

आन्तरिक आय वृद्धि गर्न घरवहाल कर, व्यवसाय कर, पार्किङ, प्राकृतिक श्रोत साधन उपयोग शुल्कलाई प्रभावकारी बनाउन नसक्दा यतिखेर खर्च कटौती गर्न थालेको छ । आन्तरिक आयबाट खर्च गर्ने भनि योजना बनाइएका कार्यक्रम तथा तिनमा गरिने खर्च कटौती गर्न थालेको हो ।

इटहरीले चालु आर्थिक वर्षमा घरबहाल करबाट मात्रै १० करोड रुपैया उठाउने लक्ष्य लिएको थियो । तर प्रभावकारी योजना बनाउन नसक्दा ठूलो आम्दानीको स्रोत गुमेको हो ।