मानिस दिनमा ५२ मिनेट अर्काको कुरा गरेर बिताउँछ, हुनेखानेहरु नै गर्छन् बढी चर्चा

Newslaya Home

मानिस दिनमा ५२ मिनेट अर्काको कुरा गरेर बिताउँछ, हुनेखानेहरु नै गर्छन् बढी चर्चा

बुधबार ०१, जेठ २०७६

एजेन्सी । प्रत्येक मानिसले दिनमा ५२ मिनेटजति अरुको कुरा गर्ने गरेको अध्ययनले देखाएको छ । कतिले कुरा काट्छन् भने कतिले प्रसंशा गर्ने गरेको देखिएको हो ।

४६७ मानिसमा गरेको अध्ययनमा सहभागी सबैमा एउटा सानो पोर्टेबल रेकर्डर लगाइएको थियो र दुईदेखि पाँच दिनसम्म उनीहरुका सबै संवाद र अन्तरक्रियाहरु अध्ययन गरिएको युनिभर्सिटीले जनाएको छ ।

यसरी सबै रेकर्डिङको विश्लेषण गर्ने क्रममा नै एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो । त्यसमध्ये १५ प्रतिशतले कुरा काट्ने गरेका थिए ।

अनुसन्धानपछि मानिसहरुले अरुको कुरा गर्दा प्रायः तटस्थ अभिव्यक्ति दिने वा ‘न्युट्रल’ रहने गरेको पाइएको छ । यस्ता संवाद बेकारका हुन्छन् ।

युवाहरुले भने वयश्कको तुलनामा बढी नकारात्मक कुरा गर्ने गरेको डाटाले देखाएको छ । त्यस्तै सेलिब्रेटीहरुका बारेमा मानिसले कमै कुरा गर्ने गरेको पाइएको हो जसलाई आश्चर्यजनक मानिएको छ ।

अनुसन्धानका अनुसार धनी र शिक्षितहरु नै अरुका बारेमा धेरै कुरा गरिरहेका हुन्छन् ।