विराटनगरको जुट मिललाई राजनीतिक संग्रहालय बनाउन प्रस्ताव

Newslaya Home

विराटनगरको जुट मिललाई राजनीतिक संग्रहालय बनाउन प्रस्ताव

मङ्गलबार ३१, बैशाख २०७६

विराटनगर । विराटनगरस्थित नेपालकै पुरानो उद्योगको रुपमा रहेको जुट मिल बन्द छ । खोल्ने प्रयास गरिएपनि सफल हुन सकेको छैन । बन्द रहेको विराटनगर जुट मिलमा राजनीतिक एवं औद्योगिक संग्रहालय बनाउन स्थानीय वासिन्दाले सुझाव दिएका छन् ।

१ नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको राजनीतिक संग्रहालय स्थापना सम्भाव्यता अध्ययन कार्यदलले सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको छलफलमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

वि.सं. २००३ सालको ऐतिहासिक मजदुर आन्दोलनका योद्धा ९३ वर्षीय रघुनाथप्रसाद गुप्ता, वडा नं. १५ का अध्यक्ष अस्लम आलम, स्थानीय वासिन्दा प्रहलाद बस्नेत, ज्ञानबहादुर राई, प्रकाश साह, सन्तोष बराल, मजदुर नेता धर्मानन्द सञ्जेल, दिनेश राईलगायतले विराटनगर जुट मिल सञ्चालन गर्दै राजनीतिक एवं औद्योगिक संग्रहालय स्थापना गर्न सुझाव दिए ।