आईपीएलको यो सिजनबाट सन्दीपले कति कमाए ?

Newslaya Home

आईपीएलको यो सिजनबाट सन्दीपले कति कमाए ?

मङ्गलबार ३१, बैशाख २०७६

काठमाडौ । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका नेपाली बलर सन्दीप लामिछानेले कति कमाए त ? यो सबैको चासोको विषय हुनसक्छ ।

यो सिजन उनले झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । दिल्लीले आफ्ना २५ जना खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ अर्थात् साढे २० लाख रुपैयाँ पाउँछन् ।

त्यसपछि सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए ।

यो त भयो पुरस्कारको रकम । त्यसअघि नै सन्दीप दिल्लीको तर्फबाट २० लाख पारिश्रमिकमा अनुबन्धित भइसकेका थिए ।

यसरी हेर्दा उनले यसपटक आधा करोड रुपैया पाउँदैछन् । सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।