भारत हुँदै अर्को देश जान भारतस्थित नेपाली दुतावासको पत्र लिनुपर्ने

Newslaya Home

भारत हुँदै अर्को देश जान भारतस्थित नेपाली दुतावासको पत्र लिनुपर्ने

मङ्गलबार ३१, बैशाख २०७६

काठमाडौं । अबदेखि भारतबाट तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनु पर्ने भएको छ ।

नेपालीहरुले भारतीय अध्यागमनबाट भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र नो अब्जेक्सन लेटर लिनुपर्ने भएको हो ।

पछिल्लो समय भारतको बाटो हुँदै तेस्रो मुलुक अवैधानिक रूपले जाने नेपालीहरूको संख्या बढ्न थालेसँगै दूतावासले नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो ।

दूतावासका अनुसार भारत हुँदै तेस्रो मुलुक जानु पर्ने मनासिब कारणसहित सम्बन्धित व्‍यक्तिको हस्ताक्षरसहितको निवेदन, यात्रा गर्ने व्‍यक्तिको राहदानी र सोको प्रतिलिपी, गन्तव्‍य देशको भिसा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिसामा विदेश जाने व्‍यक्तिले वैदेशिक रोजगार विभागबाट वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि बुझाउनुपर्छ।