झापामा दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

झापामा दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्गलबार ३१, बैशाख २०७६

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुद्धशान्ति–७ का २४ वर्षीय टीका सेन्चुरी (विक)को उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

बुद्धशान्ति–४ मेची राजमार्ग अन्तर्गतको भित्रि सडकमा सोमबार राति मे ४ प २२०१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएको थियो।

मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएका सेन्चुरीको बिर्तामोडको विएण्डसी अस्पतालबाट थप उपचारका लागि भारतको सिलगुडी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।