इटहरीमा स्नोकर च्याम्पियनशीप सम्पन्न

Newslaya Home

इटहरीमा स्नोकर च्याम्पियनशीप सम्पन्न

मङ्गलबार ३१, बैशाख २०७६

इटहरी । इटहरीमा नगर स्तरिय स्नोकर च्याम्पियनशीप सम्पन्न भएको छ ।

सीटि हेल्थ क्लव एण्ड स्नोकर हाउस इटहरीको आयोजनामा भएको च्याम्पियनशीपमा अस्मिन कार्की प्रथम र तेजेम खड्का दोश्रो भएका छन् । प्रथम भएका अस्मिनले नगद ५ हजारसहित मेडल प्राप्त गरे भने दोश्रो हुने तेजेमले नगद ४ हजारसहित मेडल हात पारे ।

यसैगरि रितेश भुजेल र रोशन कार्की संयुक्तरुपमा उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई कप र मेडलबाट पुरस्कृत गरियो । च्याम्पियनशीपमा २० जना खेलाडीले भाग लिएको क्लवका सञ्चालक श्याम कार्कीले जानकारी दिए ।

यसपटक बी डिभिजनको च्याम्पियनशीप गरिएको र अब चाँडै ए डिभिजनको च्याम्पियनशीप समेत आयोजना गरिने क्लवका सञ्चालक कार्कीले बताए ।