बन्ने भयो ‘कबड्डी’को तेस्रो श्रृखंला ‘कबड्डी कबड्डी कबड्डी’

Newslaya Home

बन्ने भयो ‘कबड्डी’को तेस्रो श्रृखंला ‘कबड्डी कबड्डी कबड्डी’

मङ्गलबार ३१, बैशाख २०७६

काठमाडौं । सुपरहिट ‘कबड्डी’को तेश्रो श्रृखंला ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको हो ।

यस सिक्वललाई रामबाबु गुरूङ्ले नै निर्देशन गर्नेछन् । चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल आदिको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहनेछ । चलचित्र जेठ ५ देखि फ्लोरमा जाने बताइएको छ । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।