यस्तो बन्यो १३ औं सागको लोगो र मस्कट

Newslaya Home

यस्तो बन्यो १३ औं सागको लोगो र मस्कट

सोमबार ३०, बैशाख २०७६

काठमाडौं । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ को लोगो र मस्कट सार्वजनिक गरिएको छ ।

विराटनगरका भोलानाथ पौडेलले डिजाइन गरेका साग प्रतियोगिताको लोगो र मस्कट छनोटमा परेको हो ।

६ जनाले पठाएका मध्ये पौडेलले गरेको डिजाइन छनौटमा परेसँगै १ लाख रुपैयाँ पाएका छन् ।

सागको मस्कटमा कृष्णसारको चित्र रहेको छ भने लोगोमा परेवाको आकृति छ।

आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा आयोजना हुने प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने सरकारको तयारी छ ।

प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने छ । सरकारले प्रतियोगितालाई लक्षित गर्दै भूकम्पपछि भत्किएका दशरथ रंगशालाको पुनर्निर्माणका काम तीव्र अगाडी बढाएको छ ।