धरानलाई डाउफिन्सले ५–० ले पराजित गर्यो

Newslaya Home

धरानलाई डाउफिन्सले ५–० ले पराजित गर्यो

सोमबार ३०, बैशाख २०७६

धनकुटा । डाउफिन्स क्लब क्यारुनले धरान फुटबल क्लब सुनसरीलाई ५—० गोल अन्तरले हराउदै सेमि फाइनलमा प्रवेश गरेको छ ।

धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज भएको खेलमा धरान पराजित भएको हो ।

प्रतियोगितामा सुरुवात देखि नै धरानलाई दवावमा राखेको डाउफिन्सले खेल सुरु भएको ५ मिनेट मै यानिक वानाको गोल मार्फत अग्रता लिएको थियो ।

पहिलो हाफमै २ गोले अग्रता लिएको डाउफिन्सले दोस्रो हाफमा पेटेनको १ गोल र कोनोले २ गोल गरी आफ्नो टोली लाई ५–० अन्तरले विजयी गराए । भोलिको खेल एपिएफ क्लब काठमाडौ र फ्रन्स क्लब काठमाडौ विच हुने छ ।