पथरीको एक जंगलमा सडेको अवस्थामा शव भेटियो, हत्या भएको आशंका

Newslaya Home

पथरीको एक जंगलमा सडेको अवस्थामा शव भेटियो, हत्या भएको आशंका

सोमबार ३०, बैशाख २०७६

पथरी । पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक बन क्षेत्रको बाघे सिमसारमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ। सालको रुखमा डोरी बाँधिएको अवस्थामा उनको शव फेला परेको हो ।

शरणार्थी शिविरबाट च्याउ खोज्न जङ्गल जानेहरुले सो स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगी आवश्यक अनुसन्धान प्रक्रिया अघि सुरु गरको छ ।

सोही वडाको मनकामना टोल बस्ने राजेश धिमालले उक्त शव आफ्ना बाबुको बताएका छन् । गत बैशाख २६ गते राति हराएका उनलाई आफन्त र छरछिमेकमा समेत खोजी गरिएको छोरा राजेशले बताए ।

शव पोष्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

धटनाको अनुसन्धान भइरहको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख सुवास भट्टराईले जनकारी दिए ।