सन्दीपपछि भारतमा सनसनी मच्चाउँदै सावित्रा

Newslaya Home

सन्दीपपछि भारतमा सनसनी मच्चाउँदै सावित्रा

आइतबार २९, बैशाख २०७६

काठमाडौ । नेपालका सन्दीप लामिछाने भारतमा सनसनीपूर्ण क्रिकेट खेल प्रदर्शन गरेर नेपाल फर्किसकेका छन् । उता महिला फुटबलतर्फ नेपालकी सावित्रा भण्डारीले उस्तै उत्कृष्ठ खेल खेलिरहेकी छिन् ।

सेथु फुटबल क्लबबाट भारतीय महिला फुटबल लिग खेलिरहेकी खेलिरहेकी उनले पुनः ह्याट्रिक गोल गरेकी छिन् ।

आइतबार कोल्हापुर सिटीविरुद्धको खेलमा ह्याट्रिक गोल गरेकी हुन् । योसँगै सावित्राले जारी लिगमा ४ खेल खेल्दै २ ह्याट्रिक गरेकी छिन् । कोल्हापुरविरुद्ध सावित्राले ५६, ६६ र ७६औं मिनेटमा गोल गरेकी थिइन् । योसँगै सावित्राको भारतीय लिगमा चार खेलबाट ९ गोल पुगेको छ ।

यसअघि उनले सेथुबाट डेब्यू खेलमा पनि ह्याट्रिक गरेकी थिइन् ।

गत फागुनमा नेपालमै भएको दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गरेसँगै सेथुले नेपाली खेलाडीद्वय सावित्रा र अनितालाई अनुबन्ध गरेको हो ।

कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो ।

जारी तेस्रो संस्करणको इण्डियन वुमन्स लिगमा १४ वटा टोलीहरु रहेको छन्। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूहका टोलीहरुले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुई टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।