टुप्पी काट्न नमान्दा डिभोर्स

Newslaya Home

टुप्पी काट्न नमान्दा डिभोर्स

आइतबार २९, बैशाख २०७६

काठमाडौं । भारतमा टुप्पी नकाट्ने पतिलाई पत्नीले डिभोर्स दिएकी छिन् । शिखा टुप्पी पालेका कारण पति गँवार देखिएकोले डिभोर्स दिएको उनले बताएकी छिन् ।

मध्य प्रदेशको एक ब्राह्मण परिवारका ती पुरुषको बिहे भएको तीन वर्षपछि पत्नीले डिभोर्सको निवेदन दिएकी हुन् । एक्जेक्युटिभ इन्जिनीयर जस्तो मान्छेले टुप्पी पाल्दा पटक्कै नसुहाएको तर्क पत्नीले राखेकी छन् । उनी आफूले चाहिँ एमबीए गरेकी छन् ।

दुई वर्षअघि आमाबुवा दुर्घटनामा मारिएपछि पतिले कपाल मुण्डन गरि धार्मिक मान्यता अनुसार टुप्पी राखेका थिए ।