हिउँमा फँसेर खान नपाएपछि तीन सय चौँरी मरे

Newslaya Home

हिउँमा फँसेर खान नपाएपछि तीन सय चौँरी मरे

आइतबार २९, बैशाख २०७६

काठमाडौं । भारतको सिक्किम राज्यमा एकै ठाउँमा तीन सय चौरी मरेका छन् । त्यहाँको हिमाली क्षेत्रमा भएको ठूलो हिमपातका कारण फसेका ती चौँरी मृत फेला परेका हुन् ।

सरकारी अधिकारी राज यादवकाअनुसार उक्त क्षेत्रमा डिसेम्बर महिनादेखि फसिरहेका चौँरी गाईहरु खान नपाएर मरेका थिए ।

अधिकारीहरूले फसेका चौँरी गाईलाई हेलिकप्टरबाट आहारा झार्ने प्रयास गरे पनि खराब मौसमका कारण त्यो सम्भव हुन सकेको थिएन ।

वर्षेनी सो ठाउँमा यसरी १० देखि १५ चौँरीले ज्यान गुमाउँने गरेपनि यति धेरै संख्यामा यो पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

अझै पनि सो ठाउँमा ५० चौँरी फसिरहेका छन् भने तिनीहरूसम्म तत्काल पुग्ने प्रयास भइरहेको छ ।