घामले छाला डढ्यो ? यसरी सुन्दर बनाउनुहोस्

Newslaya Home

घामले छाला डढ्यो ? यसरी सुन्दर बनाउनुहोस्

आइतबार २९, बैशाख २०७६

गर्मी मौसम सुरु भएसँगै घामबाट छाला डढ्ने डर हुन्छ । गर्मीमा मानिसहरु स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, यस्ता ठाउँमा जाँदा घामले डढिन्छ । कतिपय मानिस त घाममा डढ्ने पिरले कोठाबाट बाहिर निस्कन पनि डराउँछन् । तर अब भने डराउनु पर्दैन । आउनुहोस् आज हामी तपाईँलाई डढिसकेको छालालाई सुन्दर बनाउने उपाय सिकाउँदैछौँ :

– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस् ।

– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस् ।

– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस् ।

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ ।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ ।

– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस् । यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ ।

– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो । तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ ।

– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस् ।

– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस् ।

– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस् ।