विमानमा सँगै बसेकी महिलालाई च्याप्प समातेपछि ...

Newslaya Home

विमानमा सँगै बसेकी महिलालाई च्याप्प समातेपछि ...

शनिबार २८, बैशाख २०७६

एक भारतीय पर्यटकलाई महिलामाथि यौन शोषण गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ ।

हरदीप सिंह नाम गरेका भारतीय व्यक्तिमाथि फ्लाइटका क्रममा निदाइरहेकी युवतीलाई शोषण गरेको आरोप लागेको हो ।

३५ वर्षका हरदीप ६ महिनाको टूरिस्ट भिसामा इंग्ल्याण्ड गइरहेका थिए । उनले मुम्बईबाट मैनचेस्टर जाने फ्लाइट लिएका थिए । उनको छेउको सीटमा युवती बसेकी थिइन् ।

सबै यात्रुहरु सुतिसकेको बलामा युवती अचानक ब्युँझिँदा उनले आफूमाथि यौन शोषण भइरहेको थाहा पाएकी थिइन् । खुट्टाले युवतीको शरीर च्यापेका थिए । युवतीले उम्कनको लागि बल प्रयोग गर्नुपरेको थियो ।

यस घटनामा दोषी ठहर भएका हरदीपलाई मिन्शुल क्राउन कोर्टले एक वर्षको जेल सजाय सुनाएको छ ।