नोबेल अस्पतालमा पूर्वमै पहिलो पटक थोर्याकोस्कोपी सेवा सुरु

Newslaya Home

नोबेल अस्पतालमा पूर्वमै पहिलो पटक थोर्याकोस्कोपी सेवा सुरु

शनिबार २८, बैशाख २०७६

विराटनगर । नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालमै पहिलो पटक मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ ।

फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउँने बिधिलाई थोर्याकोस्कोपी भनिन्छ ।

यो बिधि मार्फत छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउँने र उपचार गर्ने गरिन्छ ।

थोर्याकोस्कोपीका लागि पूर्वी नेपालका बिरामीहरु काठमाण्डौं वा देश बाहिर जानुपर्ने बाध्यता थियो ।