धुलिखेलमा विमान दुर्घटना, १० जनाको मृत्यु !

Newslaya Home

धुलिखेलमा विमान दुर्घटना, १० जनाको मृत्यु !

बुधबार २५, बैशाख २०७६

काठमाडौ । बुधबार काभ्रेको धुलीखेल नगरपालिका देवीथान डाँडामा विमान दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीहरु दौडादौड गरे ।

आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न उनीहरु व्यस्त थिए । उनीहरु घाइतेलाई स्ट्रेचरमा बोकेर हेलिकोप्टरसम्म पुर्‍याउने, गाडीमा राखेर अस्पताल लैजाने, घाइते र मृतक पहिचान गर्ने काममा खटिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले दुर्घटनाबारे संक्षिप्त जारी दिँदै भने ‘तुम्लिङटारबाट काठमाडौं आउँदै गरेको ट्वीनअटर ९ एन इको १०० इको विमान दुर्घटना भएको हो । जसमा १४ जना यात्रु र तीनजना चालकदल गरी १७ जना थिए । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । एकजना गम्भीर घाइतेलाई हेलीबाट काठमाडौं पठाइएको छ । ६ जनालाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ ।

तर यो दुर्घटना वास्तविक नभई डेमो दुर्घटना थियो । दुर्घटनापछिको उद्दारको पूर्वअभ्यास गरिएको यो एक अभिनय थियो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हरेक दुई वर्षमा यस्तो पूर्वाभ्यास गर्दै आएको छ ।