बालरोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अवस्था चिन्ताजनक

Newslaya Home

बालरोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अवस्था चिन्ताजनक

बुधबार २५, बैशाख २०७६

मोरङ । विराटनगरस्थित कोशी अस्पतालमा बालरोग विशेषज्ञका रुपमा कार्यरत डा. विमल अग्रवाललाई हृदयघात भएको छ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार उपचारका लागि भर्ना भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्राम इको गरिएको थियो। इकोका क्रममा मुटुको एउटा धमनी अवरुद्ध रहेको देखिएको जनाइएको छ ।

बुबाको एन्जियोग्राफीका लागि मंगलबार नोवेल जाने कुरा गरेका डा. अग्रवालले साथीभाइलाई समेत यस विषयमा जानकारी गराएका थिएनन्। आफू कार्यरत कोशी अस्पतालबाट बुबाको एन्जियोग्राफीका लागि विदा लिएको जनाइर्एको छ ।


भेन्टिलेटरमा रहेका डा. अग्रवालको बे्रनडेड भइसकेको अस्पताल श्रोतले जनाएको छ ।