ट्वीटरले ल्यायो नयाँ फिचर्स

Newslaya Home

ट्वीटरले ल्यायो नयाँ फिचर्स

बुधबार २५, बैशाख २०७६

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । नयाँ फिचर अन्तर्गत अब ट्वीटरमा रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने भएको छ ।

पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया (फोटो, जीआईफ र भिडियो) पनि राख्न सकिन्छ ।

ट्वीटरले अब मूल ट्वीटको आकार अपेक्षाकृत सानो बनाइदिएको छ र रिट्वीट गर्ने प्रयोगकर्ताको मिडियालाई पूरा आकार प्रदान गरेको छ ।

हाल यो सुविधा मोबाइल वेबसाइटका लागि मात्र उपलब्ध गराइएको छ । एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्छन् । कम्प्युटर डेक्सटपमा भने यो सुविधा उपलब्ध गराइएको छैन ।