टिकटक : २ हप्ता बन्देज लाग्दा गुमे डेढ करोड प्रयोगकर्ता

Newslaya Home

टिकटक : २ हप्ता बन्देज लाग्दा गुमे डेढ करोड प्रयोगकर्ता

आइतबार २२, बैशाख २०७६

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि भारतमा लागेको प्रतिबन्धका कारण डेढ करोड बढीले प्रयोगकर्ता गुमेको अध्ययनले देखाएको छ ।

२ हप्तासम्म लागेको प्रतिबन्धका कारण सो क्षती व्यहोरेको एक अध्ययनले देखाएको छ ।

उक्त रिपोर्ट अनुसार यदि भारतमा टिकटकमाथि प्रतिबन्ध नलागेको भए गत अप्रिल महिना टिकटकका लागि भारतमा अहिलेसम्मकै उत्कृष्ट महिनाको रुपमा दर्ज हुन्थ्यो ।

भारतमा दुईहप्ते प्रतिबन्ध सँगै अप्रिल महिनाको टिकटकको समग्र विश्वव्यापी डाउनलोड दरमै ३३ प्रतिशतले गिरावट देखिएको छ । तर प्रतिबन्ध फुकुवापछि भने भारतमा यो एपका नयाँ डाउनलोडकर्ताको संख्या तीव्र रुपमा बढेको अपेक्षा गरिएको छ ।

सेन्सर टावर रिपोर्ट अनुसार, टिकट पहिले नै एप स्टोरमा टपटेन एपको रुपमा परिसकेको छ । एप्पलको एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपमा टिकटक छैटौँ स्थानमा रहेको छ । फोटो तथा भिडियो एपको विधामा यो नै पहिलो नम्बरमा पर्दछ । त्यस्तै गुगल प्ले स्टोरमा पनि टिकटक तिव्र गतिमा अगाडि आइरहेको छ ।