गर्मीमा किन बग्छ नाकबाट रगत ? यसरी बच्नुहोस्

Newslaya Home

गर्मीमा किन बग्छ नाकबाट रगत ? यसरी बच्नुहोस्

बुधबार १८, बैशाख २०७६

गर्मीयामको शुरुवातसँगै विभिन्न प्रकारका रोगहरुको संक्रमण बढ्दै जान्छ । यसका साथै गर्मीयाममा कहिलेकाहीँ नाकबाट रगत निस्कने पनि समस्या देखा पर्दछ । सामान्यतयाः गर्मीयाममा नाकबाट रगत बग्नु कुनै गम्भीर प्रकृतिको रोग भने होइन ।

कुनैबेला अत्याधिक गर्मीका कारण नाक भित्रको रक्तनलीमा तीव्र रक्त सञ्चारका कारण फुट्ने भएका कारण नाकबाट रगत बग्ने गर्दछ । यसका साथै नाकबाट रगत बग्नुका अनेक कारण पनि हुन सक्छन् । यस्तो समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुहोस्ः

१. प्याजको रस
प्याजको रस पनि गर्मीयाममा नाकबाट रगत बग्ने समस्यामा लाभदायक हुन्छ । यस्तो समस्या हुँदा प्याजको रसलाई नाकमा हाल्दा रगत बग्न बन्द हुन्छ । त्यस्तै काटेको प्याजलाई नाक नजिक राख्दा पनि नाकबाट रगत बग्न बन्द हुन्छ ।

२. चिसो पानी
नाकबाट रगत बग्ने समस्या छ भने चिसो पानी शीरमा हाल्नुहोस्, रगत बग्न बन्द हुन्छ । यसका साथै नाकबाट रगत बग्दा कपडामा बर्फ (आइस) बेरेर नाकमा राख्दा रगत निस्किन बन्द हुन्छ ।

३. तोरीको तेल
नाकबाट अचानक रगत आएर सजिलै रोक्न सकिएन भने ती व्यक्तिलाई ओछ्यानमा सुताउनुपर्दछ । त्यसपछि तोरीको तेल मनतातो गरेर कपासको सहायतामा उसको नाकमा हाल्नु पर्दछ । नाकबाट धेरै नै रगत बगिरहेको छ भने तेलमा डुबाइएको कपासलाई नाकको प्वालमा राखी दिनुपर्दछ । यसो गर्नाले रगत बग्न छोड्छ ।

४. सिसौको पात
सिसौको पात पिसेर त्यसको रस निकालेर नाकमा हाल्दा पनि रगत बग्न बन्द हुन्छ । सिसौको पातको रस दैनिक रुपमा दुई चम्मा पिउँदा गर्मीमा नाकबाट रगत बग्ने समस्याबाट छुटकारा मिल्दछ ।

५. बेलको रस
बेलको पातको रस पानीमा मिसाएर पिउँदा नाकबाट रगत बग्ने समस्या बन्द गर्नमा फाइदा पुग्छ । बेलको पात पानीमा पकाएर मिश्री मिलाएर पिउँदा यो समस्याबाट राहत मिल्छ ।

६. मुखबाट श्वास लिने
नाकबाट रगत बग्दा नाकबाट नभएर मुखबाट श्वास लिनुपर्दछ । घरेलु उपचारबाट कम नभए तत्काल चिकित्सकहाँ जानुहोस् ।