यस्ता छन् उखु खानुका फाइदा

Newslaya Home

यस्ता छन् उखु खानुका फाइदा

मङ्गलबार १७, बैशाख २०७६

उखुमा कार्बोहाइड्रेट, ग्लुकोज र क्यालोरी पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई धेरै फाइदा पुर्याउँछ ।

उखुको सेवनले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु भने हुँदैन ।

स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।

मधुमेहका बिरामीले सकभर उखु खानुहुँदैन । खाए पनि थोरै खाने । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ ।