‘चर्चले जबरजस्ती गर्भपतन र परिवार नियोजन गर्न लगायो’ (भिडियो अन्तर्वार्ता)

Newslaya Home

‘चर्चले जबरजस्ती गर्भपतन र परिवार नियोजन गर्न लगायो’ (भिडियो अन्तर्वार्ता)

सोमबार १६, बैशाख २०७६

इटहरी । प्रेम विवाह गरेका इटहरीका अभिषेक कार्की र आयुषा चौधरीको अन्तर्जातिय विवाहलाई परिवारले रुचाएन । विवाहअघि पनि परिवारसँग उनीहरुको सम्बन्ध राम्रो थिएन । किनकी दुवैले धर्म परिवर्तन गरेका थिए ।

अभिषेक र आयुषाले धर्म परिवर्तन गरेर क्रिश्चियन बनेर क्रिश्चियनीटीको प्रचारका लागि आफ्नो सम्पत्ती बेचेर १० वर्ष खटे । ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमार्फत् धर्म प्रचार गरिरहेका उनीहरु त्यही चर्चले व्यक्तिगत स्वतन्त्रता खोसेर अन्याय गरेपछि यतिखेर मिडियामा छाएका छन् ।

धर्म प्रचारमा लागेपछि आयुषाले पाँच पटक गर्भपतन गराइन् । अन्तीम बच्चा फाल्न खोज्दा नसकेपछि जन्म दिइन् । उनीहरुलाई २०१२ मा संसार अन्त्य हुँदैछ बच्चा पाएर के काम भनेर गर्भपतन गराउन र जग्गा बेच्न लगायो । त्यस्तै बच्चा पाएपछि धर्म प्रचारको काम कसले गर्छ भनेर पेटमा भएको बच्चा गर्भपतन गराउन दबाब दिएको समेत उनीहरुको आरोप छ । त्यती मात्र होइन, उनीहरुले अभिषेकको त गर्भ निरोध नै गराए । जुन असफल भएपछि भुलवश आयुषाको गर्भ रह्यो । जुन बच्चालाई आयुषाले नफालिकन जन्माइन् । ‘उनीहरुले भनेजस्तो २०१२ मा संसार अन्त्य भएन, अनि हामीहरुमाथि विभेद पनि गरियो,’ उनले भनिन् ।

यीनै विषयमा प्रश्न सोधेर उनीहरुले धेरैतिर पत्र पठाएपनि चित्त बुझ्दो जवाफ पाएनन् । झन् पछिल्लो समयमा त कोरियन धर्म प्रचारक सङ जे हुनलगायतका विदेशीहरुले उनीहरुलाई घरमै आएर आक्रमण गर्ने प्रयाससमेत गरेपछि उनीहरुले शान्ती सुरक्षाको लागि भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

यही विषयमा आयुषा र अभिषेकसँग न्युजलयले लिएको प्रतिक्रिया र कुराकानी भिडियोमा :