सखडा मन्दिरको पोखरीमा डुबेर एक बालकको मृत्यु

Newslaya Home

सखडा मन्दिरको पोखरीमा डुबेर एक बालकको मृत्यु

शुक्रबार १३, बैशाख २०७६

राजविराज । सप्तरीको सखडा भगवती मन्दिर परिसरमा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

छिन्नमस्ता गाउँपालिका–३ का सन्जिप मण्डलका ७ वर्षीय छोरा शम्भु मण्डलको मृत्यु भएको हो । नुहाउने क्रममा बालक पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धान गरिरहेको छ।