तमोरमा भेटियो मोरङकी रोजिताको शव

Newslaya Home

तमोरमा भेटियो मोरङकी रोजिताको शव

शुक्रबार १३, बैशाख २०७६

धनकुटा । तमोर नदी किनारमा एक युवतीको शव फेला परेको छ।

एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षीया रोजिता दाहालको शव बिहिबार तमोर नदी किनारमा फेला परेको हो ।

दाहाल गत आइतबार बिहानदेखि बेपत्ता भएकी थिईन् । आफु कहिल्यै नफकिनेगरी गएको भन्दै दाहालले श्रीमानलाई म्यासेज पठाएकी थिईन्। त्यसपछि आफन्त र प्रहरीले दाहालको खोजी तिब्र पारेका थिए ।

खोजी गर्ने क्रममा मूलघाट स्थित तमोर नदीको पुल मुनि दाहालको झोला, मोबाइल र पैसा भेटिएको थियो । बिहिबार साँझ माछा मार्ने क्रममा स्थानीयले पानीमा तैरिरहेको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

धनकुटाको चौबिसे–५ बोधे माईतीघर भएकी दाहालको केराबारीका बिमल महतसँग विवाह भएको थियो ।