चलचित्र ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘दाल भात तरकारी’ को आइटम गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार १३, बैशाख २०७६

काठमाण्डौ । चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ ।

‘एन्टिबायोटिक खाउला’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो ।

गीतको भिडियोमा नायिका प्रियंका कार्कीको अभिनय रहेको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र शुक्रबारदेखि प्रर्दशनमा आउँदै छ ।