मोजाम्बिकमा आँधीमा परी तीन जनाको मृत्यु, हजारौं प्रभावित

Newslaya Home

मोजाम्बिकमा आँधीमा परी तीन जनाको मृत्यु, हजारौं प्रभावित

शुक्रबार १३, बैशाख २०७६

काठमाण्डौ । अफ्रिकी देश मोजाम्बिकमा भारी वर्षापछि आएको आँधीमा परी तीन जनाको मृत्यु भएको छ ।

मोजाम्बिकको कोमोरस आइल्याण्ड आँधीको चपेटामा पर्दा उनीहरुको मृत्यु भएको हो । प्रतिघण्टा २२० किलोमिटरको रफ्तारमा आएको केनेथ नामको यो आँधीका कारण ३० हजार मानिस प्रभावित भएका छन् ।

आँधीले हवाई र यातायात सेवासमेत अवरुद्ध बनेको छ भने बिजुली आपूर्तिसमेत बन्द भएको छ । पानी पर्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् ।