गुल्मीमा झाडापखालाको महामारी

Newslaya Home

गुल्मीमा झाडापखालाको महामारी

शुक्रबार १३, बैशाख २०७६

गुल्मी । मुसिकोट नगरपालिका–४ मा रहेको दजाकोट गाउँमा यतिबेला झाडापखालाको महामारी फैलिएको छ ।

दजाकोटका ७५ घरधुरीका बालबालिकादेखि वृद्धवृद्धासम्म सयौँ जना चार दिनदेखि झाडापखाला प्रभावित बनेको स्थानीयले बताएका छन् । संक्रमण बढ्ने डरले दुई दिनदेखि स्थानीय विद्यालयसमेत बन्द गरिएको छ ।

झाडापखाला प्रभावितका लागि दजाकोटमा मुसिकोट नगरपालिकाका प्रमुखको नेतृत्वमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नुरखोला मुहानको पानी पिउने सबै घरधुरी छाडापखलाको चपेटामा परेको नगरपालिकाका प्रमुखले बताएका छन् ।

करिब १५ वर्षअघि पनि यहाँ यस्तै खालको झाडापखालाको महामारी फैलिएको थियो। दजाकोट गृहमन्त्री रामबहादुर थापाको पुर्ख्यौली थलो हो।