अब भारतीय सेनाको जवान पदमा महिला पनि

Newslaya Home

अब भारतीय सेनाको जवान पदमा महिला पनि

शुक्रबार १३, बैशाख २०७६

नयाँ दिल्ली । भारतीय सेनाको जवान पदमा पहिलो पटक महिलालाई पनि भर्ना गर्न सुरु गरिएको छ ।

यसअघि अधिकृतका रुपमा मात्रै भर्ना हुने गरेकोमा बिहीबारदेखि जवान पदमा पनि महिला भर्ना गर्न थालिएको हो । सेनामा मलिट्रि पुलिस क्याडरको संख्या २० प्रतिशत पुर्याउने लक्ष रहेको बताइएको छ ।

अहिले १४ लाखको संख्यामा रहेको भारतीय सेनामा ६५ हजार उच्च अधिकारी मध्ये स्थल सेनामा १५००, वायुसेनामा १६०० र नौसेनामा ५०० महिला मात्रै रहेको बताइएको छ ।

सेनाले भर्तिका लागि आवेदन माग गरेको छ । आवेदन दिने अन्तिम मिति जुन ८ सम्म तोकिएको छ ।