यू–१९ महिला च्याम्पियनसिप छनोट : आज नेपालले अष्ट्रेलियासँग खेल्ने

Newslaya Home

यू–१९ महिला च्याम्पियनसिप छनोट : आज नेपालले अष्ट्रेलियासँग खेल्ने

शुक्रबार १३, बैशाख २०७६

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा शुक्रबार नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाली समयअनुसार सवा तीन बजेदेखि सुरु हुँदैछ ।

प्रतियोगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालको लक्ष्य बराबरीमा रोक्नु नै हुनेछ । तर त्यो लक्ष्य नेपालका लागि सजिलो भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू–१५ महिला टोली र छन्दु प्रान्तको यू–१८ टोलीसंग अभ्यास खेल खेलेको थियो ।

अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ । छनोटमा अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ ।