घरायसी विवाद हुँदा श्रीमानले जिउँदै जलाए श्रीमती

Newslaya Home

घरायसी विवाद हुँदा श्रीमानले जिउँदै जलाए श्रीमती

शुक्रबार १३, बैशाख २०७६

धनुषा । सिरहामा घरायसी विवाद हुँदा श्रीमानले २१ वर्षीया श्रीमतिको शरीरमा आगो लगाएका छन् ।

आगोले श्रीमति कञ्चनदेवी मण्डल खत्वेको शरीरको ८० प्रतिशत भाग जलेको छ । कञ्चनको अवस्था गम्भीर रहेको छ । घटनापश्चात् कञ्चनको श्रीमान बेचन मण्डल खत्वे फरार छन् । यस्तै कञ्चनकी सासुलाई भने नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ ।

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर, शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।