श्रीलंका बिस्फोट : किन घटाइयो मृतकको संख्या ?

Newslaya Home

श्रीलंका बिस्फोट : किन घटाइयो मृतकको संख्या ?

शुक्रबार १३, बैशाख २०७६

काठमाडौं । श्रीलंका सरकारले त्यहाँ भएको बम बिस्फोटमा परि मृत्यु हुनेहरुको संख्या घटाएको छ । अब मृतकको संख्या एक सयले घटेको छ ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा ज्यान गुमाउनेको संख्या लगभग २५३ छ । मन्त्रालयले यसअघि मृतकको संख्याका बारेमा दिइएको जानकारीलाई गलत भएको भन्दै मृतकको संख्या घटाएको हो ।

श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल र चर्चलाई निशाना बनाएका थिए । यो हमलामा सयौँ मानिसहरु घाइते भएका छन् ।

हमलामा ज्यान गुमाउने धेरै मानिसहरु श्रीलंकाका छन् भने केही विदेशी नागरिक पनि छन् । बिस्फोटमा संलग्न भएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।