मोरंगमा दुईवटा शव फेला

Newslaya Home

मोरंगमा दुईवटा शव फेला

बिहीबार १२, बैशाख २०७६

विराटनगर । मोरङमा बिहीबार दिउसो दुईवटा शव फेला परेका छन् ।

विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पताल छेउको नहरमा ४५ वर्षीय जगेश चौधरीको शव फेला परेको छ । धनुषा घर भएका उनी विराटनगरमा ज्याला मजदुरी गर्दैआएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले बिहानैदेखि अत्याधिक मात्रामा लागुऔषध सेवन गरेपछि नहरको डिलमा सुतेका उनी त्यहीँ मृत फेला परेका हुन् ।

त्यस्तै मोरंगको बुढीगंगा गाउँपालिका–१ मा अर्का एकजना मृत फेला परेका छन् ।

जसमा इलाम नगरपालिका–१२ का भुवन भण्डारी रहेका छन् । उनको पनि अत्याधिक मादक पदार्थकै कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरी र भण्डारीको शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।