रिना मृत्यु प्रकरण : प्रेमी भनिएका कमलको पोलिग्राफ टेस्ट

Newslaya Home

रिना मृत्यु प्रकरण : प्रेमी भनिएका कमलको पोलिग्राफ टेस्ट

बिहीबार १२, बैशाख २०७६

इटहरी । रिना हत्याकाण्डमा रिनाका प्रेमी भनिएका कमल नेपालको पोलिग्राफ टेस्ट गर्ने भएको छ । ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ घर भइ पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

नेपालले प्रहरीसँग प्रारम्भिक बयानमा रिनासँग प्रेम सम्बन्ध रहेको स्विाकार गरेका छन् ।

रिनाको मृत्युलाई लिएर स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २९ सेल अश्रूग्यास प्रहार गरेको थियो । मंगलबारै साँझ प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाकोको नेतृत्वमा छानविन टोली गठन भएपछि आन्दोलन रोकिएको छ ।

'पथरीकी रिनाको मृत्यु माथिबाट खसेर चोटका कारण ', यस्तो आयो पोष्टमार्टम रिपोर्ट

रिना मृत्यु प्रकरण : प्रेमी कमल नेपाल पक्राउ