प्रदेश १ को नाम र राजधानी वैशाख २२ सम्ममा टुंगो लाग्ने !

Newslaya Home

प्रदेश १ को नाम र राजधानी वैशाख २२ सम्ममा टुंगो लाग्ने !

बिहीबार १२, बैशाख २०७६

विराटनगर । सांसदमा प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरण यही वैशाख २२ गतेभित्र सक्ने सहमति भएको छ।

मुख्यमन्त्री शेरधन राईको पहलमा विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बसेको सर्वदीय बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए।

सरकारले संसदमा पेश गरेको वृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयक सर्वसम्मतिका साथ आउँदो १५ गते पारित गर्ने र वैशाख २१ र २२ गतेभित्र राजधानी र नामको विषय टुंग्याउने सहमति भएको भण्डारीको भनाइ छ।

यता भण्डारीले सभामुखले प्रस्ताव आव्हान गरेपछि सर्वदलीय हिसावले नै राजधानीको विषय संसदमा लाने विषयमा पनि विपक्षी दलसँग सहमति भएको बताएका छन् । तर उता नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले पनि यही अधिवेशनमा प्रदेशको राजधानी र नामको विषय टुंगो लगाउने विषयमा समान्य छलफल भएको तर कुनै सहमति नभएको बताएका छन् ।