श्रीलंकाका रक्षासचिव र प्रहरी प्रमुखलाई वर्खास्त गरियो

Newslaya Home

श्रीलंकाका रक्षासचिव र प्रहरी प्रमुखलाई वर्खास्त गरियो

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । श्रीलंकाका रक्षासचिव र प्रहरी प्रमुखलाई वर्खास्त गरिएको छ ।

राष्ट्रपति मैत्रिपाल सिरिसेनाले रक्षा सचिव र प्रहरीका आईजीलाई बर्खास्त गर्न आदेश पनि दिएका हुन् ।

श्रीलंकामा आइतबार तीन चर्च र चार होटलमा भएको विस्फोटमा ३५९ जनाको मृत्यु भएको थियो भने ५०० बढी घाइते भएका छन् ।

घटनाबारे संसदलाई जानकारी दिँदै सरकारले भारतको खुफिया एजेन्सीले दिएको चेतावनीलाई सही रुपमा नलिएको पाइएको बताएको छ ।

घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको नरहेकोबारे सरकारले जाँच गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ९ मध्ये ८ जना भने श्रीलंकन नागरिक भएको खुलेको छ । एक आक्रमणकारी भने श्रीलंका आउनुपूर्व बेलायत र अष्ट्रेलियामा अध्ययन गरेको भएको बताइएको छ ।