'पथरीकी रिनाको मृत्यु माथिबाट खसेर चोटका कारण ', यस्तो आयो पोष्टमार्टम रिपोर्ट

Newslaya Home

'पथरीकी रिनाको मृत्यु माथिबाट खसेर चोटका कारण ', यस्तो आयो पोष्टमार्टम रिपोर्ट

बिहीबार १२, बैशाख २०७६

पथरी । आफ्नै डेराअघि मृत फेला परेकी रिना बस्नेतको मृत्यु चोटका कारण भएको रिपोर्ट आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विज्ञले गरेको पोष्टमार्टम रिपोर्टमा यस्तो देखिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको रिपोर्टमा रिनाको मृत्युको कारण माथिबाट खसेर लाग्ने चोटले भएको उल्लेख गरिएको छ ।

कतिपयले रिनाको मृत्यु नभइ हत्या भएको आशंका गरेका थिए । त्यसमाथि केहीले त उनको प्रेमीले हत्या गरेको अनुमानसमेत गरेका थिए ।

तर, पोष्टमार्टम रिपोर्टले भने उनको मृत्युको कारण अग्लो स्थानबाट खसेर बज्रिदा लाग्ने चोटले भएको खुलाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार टाउको, छातीमा गम्भीर चोट लागेको छ । उनको बलात्कार नभएको र गर्भवती पनि नभएको रिपोर्टले देखाएको छ ।

उनको हत्या भएको दाबी गर्दै पथरीमा स्थानीयले प्रदर्शन गरेका थिए । उद्योग वाणिज्य संघको पहलमा संघर्ष समिति नै गठन भएको थियो ।

रिपोर्टमा जे आएपनि घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

रिना मृत्यु प्रकरण : प्रेमी भनिएका कमलको पोलिग्राफ टेस्ट