एनसेलविरुद्ध सत्तारुढ पार्टीका विद्यार्थी संगठनको विज्ञप्ती, एनसेल प्रयोग नगर्न आह्वान

Newslaya Home

एनसेलविरुद्ध सत्तारुढ पार्टीका विद्यार्थी संगठनको विज्ञप्ती, एनसेल प्रयोग नगर्न आह्वान

बिहीबार १२, बैशाख २०७६

काठमाडौँ । एनसेलले कर नतिरेसम्म एनसेलको सिम प्रयोग नगर्न सत्तारुढ दलसम्बद्ध विद्यार्थी संगठनहरुले आह्वान गरेका छन् ।

चार वटा संगठनका अध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्तीअनुसार २४ घण्टाभित्र एनसेललाई कर तिर्न अल्टिमेटमसमेत दिइएको छ । कर नतिरे दबावका कार्यक्रम गर्ने उनीहरुको घोषणा छ ।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश कुमार पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले एनसेललाई कर छुट नदिनसमेत सरकारलाई सजग गराएका छन् ।