जनप्रतिनिधीले नै छोराछोरी बोर्डिङमा पढाएपछि जंगिए विद्यार्थीहरु

Newslaya Home

जनप्रतिनिधीले नै छोराछोरी बोर्डिङमा पढाएपछि जंगिए विद्यार्थीहरु

बिहीबार १२, बैशाख २०७६

गुल्मी । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी निजि विद्यालयमा भर्ना गराएको विरोधमा गुल्मीको रुरु गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चित समयको लागि बन्द भएका छन् ।

सत्तारुढ दल नेकपाका भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु बन्द गराएका हुन् ।

भर्ना अभियानमा संलग्न जनप्रतिनिधी र कर्मचारीले नै आफ्ना छोराछोरी सामुदायिक विद्यालय छोडेर निजि विद्यालयमा भर्ना गराउनु शैक्षिक क्षेत्रमा दुखद् पक्ष भएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।

जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा फिर्ता नगरेसम्म आन्दोलन जारी रहने पाण्डेले जानकारी दिए ।

यता गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले समस्याको समाधान खोज्ने पहल भइरहेको बताएका छन् । गाउँपालिकामा ४९ सामुदायिक र चार निजि गरी कुल ५३ विद्यालय रहेका छन् ।