भारतमा ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध फुकुवा

Newslaya Home

भारतमा ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध फुकुवा

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । भारतमा लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाइएको छ ।
मद्रास उच्च अदालतमा बुधबार भएको सुनवाईपछि ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको हो ।

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूलो धक्का लागेको थियो ।

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।