नेपालमा अझैं ठूलो भूकम्पको सम्भावना !

Newslaya Home

नेपालमा अझैं ठूलो भूकम्पको सम्भावना !

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । नेपालमा गोरखा भूकम्पको चार वर्ष बित्दा पनि पराकम्प जाने क्रम भने रोकिएको छैन । भूकम्पीय जोखिमका हिसावले नेपाल अझैं जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।

गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन अनुसन्धान गरेका विज्ञहरूले अझै ठूलो भूकम्पको जोखिम रहेको बताउँदै सचेत रहन सुझाएका छन् ।

फ्रान्सको पेरिसस्थित पीएसएल रिसर्च युनिभर्सिटीका प्राध्यापक शिव सुवेदीको नेतृत्वमा भएको वैज्ञानिकहरूको टोलीले लामो समय लगाएर गरेको भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा अझै ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सक्ने निष्कर्ष निकालेका छन् ।

चार वर्ष अघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा परि ९ हजार मानिसले ज्यान गुमाए भने १८ हजारभन्दा बढी घाइते भएका थिए ।