प्रत्येक महिना ८ प्रतिशतले बढ्दै फेसबुक प्रयोगकर्ता

Newslaya Home

प्रत्येक महिना ८ प्रतिशतले बढ्दै फेसबुक प्रयोगकर्ता

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । समाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता दिनहुँ बढ्दै गइरहेका छन् । वर्षको पहिलो तीन महिनाको हिसाब हेर्ने हो भने सो अवधीमा २६ प्रतिशतले फेसबुक प्रयोगकर्ता बढेका हुन् ।

प्रयोगकर्ताहरु ८ प्रतिशतका दरले मासिक रुपमा बढिरहेको फेसबुकले उल्लेख गरेको छ । फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको व्यापार र यसका समुदाय दुवै बढ्दै गइरहेको जनाएका छन् ।