इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित

Newslaya Home

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित

बिहीबार १२, बैशाख २०७६

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ । जितसँगै सिटी अंक तालिकाको पुनः शीर्ष स्थानमा पुगेको छ ।

सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय सानेले दोस्रो हाफमा गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भए पनि ५४ औं मिनेटमा सिटीले सिल्भाको गोलबाट अग्रता लियो । ६६ औं मिनेटमा सानेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे ।

सिटीको ३५ खेलबाट ८९ अंक छ । समान खेल खेलेको लिभरपुलको ८८ अंक छ । अंक तालिकामा सिटी र लिभरपुलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यसअघि लिभरपुलले सिटीलाई उछिनेको थियो । म्यानचेस्टर युनाइटेड भने ३५ खेलबाट ६४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।